
वीरगन्ज महानगरपालिकाको डुबानमा परेको क्षेत्रको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल निरिक्षण गर्नु भएको छ । पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रा र सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालसंगै शनिवार बिहान वीरगन्जको सुख्खा बन्दरगाह चौकमा पुगी डुबान क्षेत्रको प्रजिअ अर्याल निरिक्षण गर्नु भएको हो ।
पानिको मुहान थुनिएको कारण महानगरपालिकाको नम्बर २४,२८ २६ र १७ को अधिकांस कृषि क्षेत्र डुबानमा परेको छ । अधिकांस कृषि योग्य खेतहरु डुबानमा परेपछि किसानहरु विगत केहि समय देखि सघर्ष गर्दै आएका छन । डुबानको कारण खेतमै धानबाली खेतमै गलेर गएको र गुह बालि लगाउन पनि नसिएको कारण आफुहरु व्यापक मार्कामा स्थानियले प्रमुख जिल्ला अधिकारी अर्यालसंग दुखेसो व्यक्त गरे ।
वडा अध्यक्ष शम्भु मिश्राले बहावको पानिको मुहान थुनिएको कारण चारवटा वडाका खेती योग्य जग्गा डुबानमा परेकोले स्थानिय किसान मार्कामा परेको बताउदै मुहान खुलाउन पहल गरिदिनु हुन अनुरोध गर्नुभयो ।पानीको मुहान थुनिएको कारण यसबर्षको धानवाली डुबान परेपछि श्रीसिया,सुगौली आठराहा ,बहुअरी र आलौको जनताहरु विगत ६ महिना देखि जनप्रतिनिधिहरुसंग समस्याको समाधान गर्न लगायतार संघर्षरत छन ।
पर्सा क्षेत्र नम्बर २का सांसद समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिह लगायतका नेताहरु डुबानको निरिक्षण गरेपनि समस्याका समाधान गर्न नसकेको पछि समस्यामा परेका स्थानिय प्रजिअ अर्याललाई गुहार गरेका हुन । सभार :- आर्थिकद्वार