Birgunj News24
वीरगञ्जको हिलिङ टच स्पा एन्ड सलोनले लायन्स क्लबका सदस्यहरूलाई विशेष छुट दिने

वीरगञ्ज । वीरगञ्जको हिलिङ टच स्पा एन्ड सलोनले लायन्स क्लबका सदस्यहरूलाई विशेष छुट दिने घोषणा गरेको छ ।
विगत दुई वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको हिलिङ टच स्पा एन्ड सलोन वीरगञ्जको एकमात्र पारिवारिक स्पाले लायन्स क्लबको डिजिटल प्रिभिलेज कार्ड बोक्नेहरूलाई विशेष छुट सुविधा दिन लागेको हो ।
छुट सुविधालाई औपचारिकता दिन बुधवार लायन्स क्लब र स्पाबीच सम्झौता समेत सम्पन्न भएको छ । सम्झौतामा लायन्स क्लबका तर्फबाट लायन उमेश शर्मा र स्पाका सञ्चालक रोशन गुप्ताले हस्ताक्षर गरेका छन् ।
दुई वर्षअघि अन्तरराष्ट्रिय मापदण्डअनुरूप स्थापना भएको हिलिङ टच स्पा एन्ड सलोनले छोटो समयमै ग्राहकहरूको मन जित्न सफल भएको सञ्चालक गुप्ताको दाबी छ ।
पछिल्लो समय वीरगञ्जमा स्पाहरूको सङ्ख्या बढ्दै जाँदा केही विकृति देखिए पनि हिलिङ टच स्पा एन्ड सलोनले पारिवारिक वातावरणमा शुद्ध र गुणस्तरीय सेवा प्रदान गर्दै नकारात्मक धारणालाई चिर्न सफल भएको उनले बताए । “हामीले अनैतिक गतिविधिलाई पूर्ण रूपमा निषेध गरेका छौँ र ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेका छौँ,” गुप्ताले भने ।
हिलिङ टच स्पा एन्ड सलोनले पर्सा, बारा, रौतहट, मकवानपुर र काठमाडौँका साथै छिमेकी मुलुक भारतको रक्सौल, मोतिहारी र बेतियाबाट समेत ग्राहकहरूलाई आकर्षित गरेको छ । “हाम्रा सेवाग्राहीहरू यहाँको सेवाबाट सन्तुष्ट र प्रफुल्लित भएर फर्कने गर्नुहुन्छ,” गुप्ताले थपे ।
वीरगञ्जको लोहारपट्टी रोडस्थित आरबी कम्प्लेक्सको पाँचौँ तलमा अवस्थित हिलिङ टच स्पा एन्ड सलोन स्पामा शान्त, सङ्गीतमय र प्राकृतिक सुगन्धले भरिएको वातावरण छ, जसले हरेक आगन्तुकमा सकारात्मक ऊर्जा पैदा गर्छ ।
हिलिङ टच स्पा एन्ड सलोन उपलब्ध सेवाहरूमा जीउ मसाज, हात-खुट्टाको मसाज, सौना, बडी स्क्रब, डिप सेन्स मसाज, फुट बाथ, ज्याकूजी मसाज, स्टिम बाथ, फूट मसाज र फिस फूट मसाजजस्ता सुविधाहरू समावेश छन् । त्यसैगरी, महिला र पुरुष दुवैका लागि कपाल काट्ने, दाह्री बनाउने, फेसियल, हेयर स्ट्रेट र केराटिनजस्ता सौन्दर्य सेवाहरू पनि प्रदान गरिन्छ ।
हिलिङ टच स्पा एन्ड सलोनले आफूलाई पारिवारिक र विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्दै स्पा सेवाप्रति समाजमा रहेको गलत बुझाइलाई परिवर्तन गर्न योगदान पुर्याएको छ । लायन्स क्लबसँगको नयाँ पहलले थप ग्राहकहरूलाई गुणस्तरीय सेवाको अनुभव लिन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update