Birgunj News24
वीरगन्ज कपडा बैंक द्वारा नया बर्षको अवसरमा घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  ।

२९ चैत्र वीरगन्ज ।  नया बर्ष २०८२ को अवसरमा वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण को साथै शुभकामना आदानप्रदान कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ६५० थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । 
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि ,सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता - अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवीहरु ई बिरेन्द्र साह,सतिश सिंह राजपुत , हुकुम सिंह राजपुत, युवा अभियन्ताहरु केदार गुप्ता , सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी,राजनाथ मिश्र,संस्था का उपाध्यक्ष मोनिका सिंह ,कोषाध्यक्ष मनोज मिश्रा ,सदस्यहरु निला राम ,संजय मंडल,जानकी देवि,नवराज भट्टराई ,राहुल सिंह राजपुत लगायत सन्चारकर्मिहरुको सहभागिता रहेको थियो ।
  सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि " जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस " को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ । हामी सम्पुर्णले आआफ्नो आम्दानिको ५ देखि १०% रकम समाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गर्नु हुँदै बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु, सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु , पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्दै बधाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
 सो अवसरमा सल्लाहकारद्वय गुप्ता र उपाध्यायले दिनदुखी असहाय कोहि पनि नाङ्गो नरहोस साथै चाडपर्वको बेला नया किन्न नसकेपनी नया खालकै कपडा सहयोग गरि दिन आग्रह गर्दै सहयोगी दाता शुभेच्छुकजन प्रती आभार प्रकट गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
 अध्यक्ष सिंहले हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने र त्यो नै मानवको सर्बोत्तम धर्म भएको भन्दै सम्पुर्ण लाई आआफ्नो ठाउबाट दिन्दुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक , सल्लाहकार,पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गर्दै नयाबर्ष २०८२ को बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update