
छाेङछिङ, चीन ३१ चैत
चिनियाँ कम्युनिस्ट पार्टी(सि पि सि) छोङछिङको पार्टी स्कुल र माओवादी केन्द्रको सुदुरपस्चिम प्रदेशको पार्टी स्कुलको बीचमा ५ वर्षको लागि ५ बुदे सम्झौता भएको छ । छोङछिङको पार्टी स्कुलको तर्फबाट वाङ थ्याङ लियाङ र माओवादी केन्द्रको सुदुरपस्चिम प्रदेशको पार्टी स्कुलको तर्फबाट ओम प्रकाश पुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौतामा दुबै पक्षले पार्टी निर्माण र राज्य शासनमा आपसी सिकाइ र अनुभव साटासाटलाई गहिरो बनाउने, राज्य शासन, पार्टी निर्माण, र माओवादी कर्याकर्ताहरुको तालिमजस्ता क्षेत्रहरूमा प्राप्त व्यावहारिक उपलब्धिहरूको संक्षेप गर्ने, र आफ्ना-आफ्ना पार्टीहरूको राम्रो र छिटो विकासलाई प्रवर्द्धन गर्नेमा सहमति भएको छ ।
सि पि सिको अन्तर्राष्ट्रिय बिभागको निम्तोमा चीन भ्रमणमा चीनको छोङ्छिङ पुगेको नेपाली टोलिको ५ दिने छोङ्छिङ भ्रमण सम्पन्न भएको छ ।
त्यस्तै सम्झौताको बुदा नम्बर २मा दुबै पक्षले पार्टी स्कूलको विकासमा अनुभव साटासाट सुदृढ गर्ने, कर्याकर्ता शिक्षादिक्षा तथा तालिम प्रणाली, पाठ्यक्रम डिजाइन, शिक्षक विकास, र शिक्षण विधिको विकासमा सहकार्य गर्ने, र संयुक्त रूपमा कर्याकर्ता शिक्षाको अन्तर्राष्ट्रियकरण र व्यावसायिककरणलाई प्रवर्द्धन गर्नेमा सहमति जनाएका छन्।
त्यस्तै बुदा ३मा दुबै पक्षले २१औँ शताब्दीमा माक्र्सवादको नयाँ विकासलाई प्रवर्द्धन गर्ने, स्थानीय सन्दर्भहरू र समकालीन आवश्यकतासँग मेल खाने माक्र्सवादको सिद्धान्त र अभ्यासमा केन्द्रित हुने, र क्षेत्रीय समाजवादी आन्दोलनहरू तथा राज्य शासन जस्ता विषयहरूमा संयुक्त अनुसन्धान गर्नेमा सहमति जनाएका छन्।
बुदा ४मा दुबै पक्षले बहु-स्तरीय आदानप्रदान संयन्त्र निर्माण गर्ने, र उच्च स्तरीय भ्रमण, शिक्षक आदानप्रदान, कक्षा अवलोकन, संयुक्त सेमिनार, र विषयगत कार्यशालाहरू मार्फत सैद्धान्तिक आदानप्रदान, शैक्षिक संवाद, र अनुभव साटासाट सुदृढ गर्नेमा सहमति गरिएको छ ।
सम्झौताको अन्तिम बुदामा दुबै पक्षले यस समझदारी पत्रको आधारमा आगामी सहकार्यबारे थप छलफल गर्नेमा सहमति जनाएका छन ।
समापन समारोहमा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले भ्रमणले दुई राष्ट्र बीच बिकसित भएको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने बताउनु भयो ।
समाजबादी क्रान्तिलाई साम्यवाद तिर अग्रसर गराउन पनि महत्त्वपूर्ण भुमिका खेलेको उहाले भनाइ थियोे । जनताको जिवनस्तर सुधार गर्दै छोटो समयमा छोङ्छिङ लगायतका अरु क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चीनले अंगिकार गरेको बिकाशको मोडेललाई नेपालले पनि अनुसरण गर्नु पर्ने शर्माको भनाइ थियो ।
त्यस्तै, सि पि सिको अन्तर्राष्ट्रिय बिभागका निर्देशक चाङ जु जिङले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको बेला भएको यो भ्रमणले दुई देश बीचको सम्बन्धमा थप इटा थपेको बताउनु भयो ।
उहाले छोङछिङ र नेपालको भुगोल र जनसंख्या उस्तै उस्तै भएको उल्लेख गर्दै नेपाल सङ चीनको गहिरो सम्बन्ध रहेको बताउनु भएको थियो । उहाले यस्तो भ्रमणले चीन नेपाल सन्बन्धलाई थप उचाइमा लाने बिश्वास व्यक्त गर्नु भयो।
चीनिया प्रधानमन्त्रीले छिमेकीहरु सङ सधै सुमधुर सम्बन्ध राखन निति लिएको पनि बक्ता हरु ले बताएका थिये । छिमेकी रास्ट्र हरुको बिकास, शिक्षा लगायत को विषयमा पनि चीनले सधै साथ दिने पनि बताएका थिए ।
५ दिने भ्रमणको दौरान नेपाली टोलिले थुप्रै ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको भ्रमण गरेको थियो ।