
वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण बीरगंजको १८ औँ स्थापना दिवस तथा वार्षिकोत्सब समारोहमा उत्कृष्ट काम गरेका सशस्त्र प्रहरीहरु र उधोगपतिहरु सम्मानित गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ चिनिमिलका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको सभापतित्व तथा सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेशका सशस्त्र प्रहरी नायबमहानिरिक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा सो १८ औँ स्थापना दिवस तथा वार्षिकोत्सब समारोह सम्पन्न भएको हो । सशस्त्र प्रहरी नायब महानिरिक्षक धौवजीले सिमित स्रोत साधन कम जनशक्ति भएता पनि शान्ति सुरक्षासंगै सिमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण गर्नमा अहम् भुमिकाखेल्दै कार्यसम्पादन खेलिरहेको बताएका छन् । उनले संघीय बजेटले मात्र नभाउने भएकोले स्थानीय स्रोत साधनको पनि उचिकै महत्त्वपूर्ण योगदान आवश्यकता रहेको धारणा राख्नु भएको थियो ।सशस्त्र प्रहरी बल जुनसुकै आवश्यकता परेको खण्डमा परिचालन हुने भएकोले राम्रा नराम्रा कुराहरुलाई समिक्षा गदै अगाडि बढीरहने प्रतिबद्धता जनाउनु भएको छ।
सिमाक्षेत्रमा आवोरात्र खटिएका उत्कृष्ट सशस्त्र प्रहरी र उधोगीहरुलाई मायाको चिनोले सम्मान गर्नुभएको थियो ।त्यसैगरी प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शान्ति सुरक्षा र सिमा क्षेत्रमा अहिले सशस्त्र प्रहरीले ठूलो भुमिका खेलेको प्रशंसाा गर्नुभएको थियो ।वार्षिकोत्सब तथा स्थापना दिवसमा बीरगंज भन्सार कार्यालयका प्रमुख दिपक लामिछाने ,जगरनाथपुर गाउँपालिका प्रमुख श्रीकान्त यादव ,प्रहरी उपरीक्षक गौतम मिश्र,भन्सार कार्यालयका रामप्रसाद ,बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतम ,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी ,पर्साका ओमप्रकाश खनाल ,कोष तथा लेखानियन्त्रण कार्यालयका प्रमुख मनोज केसी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।सम्मानित हुनेहरु मुरलीधर रुङता, जयप्रकाश खेतान, संजय शर्मा राससका तथा सशस्त्र प्रहरीहरु रहेका छन् ।वार्षिकोत्सब समारोहमा विभिन्न नृत्य प्रस्तुति गरेका थिए