
नेपाली काँग्रेस पर्साले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनलाई कारवाहीको माँग गरेको छ । पार्टीका कार्यवाहक सभापति रामनारायण प्रसाद कुर्मीले आज जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सो कारवाहीको माँग गरेका हुन । राप्रपा अध्यक्ष लिङदेनले बैशाख १२ गते सदनमा कपोकल्पित भ्रामक बिचार राखि संसद,जनता र समाजलाई दिगभ्रमित गरि दुसप्रचार गर्ने कार्य गरेमा नेपाली काँग्रेस पर्साको ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख छ । राजावादीहरुको आन्दोलनमा कोटेश्वर स्थित भाटभटेनीमा नेपाली काँग्रेसका सह महामन्त्रीको छोराले लुटपाट गरेको भनी अमर्यादित भनाई प्रति आपती जनाउदै सहमहामन्त्रीको समाजिक प्रतिष्ठामा आँच पुग्ने हर्कतलाई घोर भत्र्सना गर्दै कडा कारवाहीको माँग समेत काँग्रेस पर्साले गरेको छ ।