टर्कीमा शक्तिशाली भूकम्प, आपतकालको घोषणा, ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो
एजेन्सी । टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प गएको ।
टर्की र यसको छिमेकी सिरियामा भूकम्पका कारण ५ सय भन्दा बढीको मृत्यु भएको छ । अधिकारीका अनुसार मृतकको आँकडा तीब्र रुपमा बढिरहेको छ ।
टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयानुसार बिहान ४ ः १७ मा ७.८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ ।
त्यसपछि टर्की सरकारले आपतकालको घोषणा गरेका छ ।
पहिलो झट्काको केही मिनेटपछि अर्काे एउटा शक्तिशाली झट्का महसुस गरियो । टर्की विपद् व्यवस्थापन एजेन्सीले पूरा इलाकामा एकपछि अर्काे गरी ४० भन्दा बढी पराकम्प महसुस गरिएको छ ।
टर्की समेत लेबनान, सिरिया, साइप्रस, इजराइल र प्यालेस्टाइना पनि भूकम्पको झट्का महसुस गरिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय