सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो
वीरगञ्ज, २५ माघ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन आज तोलामा १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार उक्त सुन तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुन तोलामा १ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९ १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय