भारतमा बस र ट्रक एकापसमा ठोक्किदा १५ यात्रुको मृत्यु
एजेन्सी । भारतको मध्य प्रदेशस्थित रीवामा बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ ।
दुर्घटनामा ४० जना घाइते भएका छन् । गएराती बस र ट्रक ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हैदरबादबाट गोरखपुर जाँदै गरेको बसमा झण्डै यात्रु रहेको जनाइएको छ । बसमा यात्रा गर्ने अधिकांश उत्तर प्रदेशका बासिन्दा छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति शोक व्यक्त गर्दै मृतकका परिवारलाई प्रतिपरिवार २ लाख र घाईतेलाई ५० हजार रुपैयाँ क्षतिपुर्ती उपलब्ध गराउने घोषणा गर्नुभएको छ । दुर्घटनामा घाईते भएकाहरुको उपचार राज्य सरकारले निशुल्क गर्ने जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९ १६:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय