वीरगञ्ज, ९ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेर दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्डबाट विभिन्न विद्यामा कार्यरत १० जना पत्रकारलाई सम्मान गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको अवार्ड यो वर्ष विभिन्न १० विधाका पत्रकारलाई प्रदान गरिएको हो । कार्यक्रमको उद्घाटन वरिष्ठ पत्रकार भैरव रिसालले गरेका थिए ।
ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को अवसरमा लाइफटाइम एचिभमेन्ट अवार्ड भने कृष्णा ताम्राकारलाई प्रदान गरिएको छ । बरिष्ठ पत्रकार ताम्राकारलाई १ लाख रुपैयाँ नगद सहित लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।
टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान र पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । यस्त अर्का बरिष्ठ पत्रकार भुषण दाहाललाई दशकका पत्रकारको रुपमा ५१ हजार पुरस्कार राशी सहित सम्मान गरियो ।
यस बर्ष अवार्डमा बेष्ट इन्टरटेन्मेन्ट जर्नालिजन अफ द इयर, बेष्ट स्पोट्स अफ इयर, बेष्ट अनलाईन जर्नालिजम अफ द इयर, बेष्ट काटुनिष्ट अफ द इयर, बेष्ट विजनेश जर्नालिजम अफ द इयर, रेडियो जर्नालिस्ट अफ द इयर, टीभी जर्नालिस्ट अफ द इयर, फोटो जर्नालिस्ट अफ द इयर, बेष्ट प्रिन्ट जर्नालिस्ट अफ द इयर र बेष्ट युटुव च्यानल अफ द इयर अवार्डमा पत्रकाहरुलाई सम्मान गरिएको हो ।
जसमा यो वर्षको बिजनेश जर्नालिजम अफ द इयर बाट केटिएम भ्वाइस डटकमका रोयल आचार्य, रेडियो जर्नालिस्ट अफ द इयरबाट रेडियो कान्तिपुरका अनिल परियार, बेष्ट टेलिभिजन जर्नालिस्ट अफ द इयरबाट योहो टेलिभिनका जिबराम भण्डारी, फोटो जर्नालिस्ट अफ द इयरबाट मिन बज्राचार्य, बेष्ट प्रिन्ट जर्नालिस्ट अफ इयरबाट नयाँ पत्रिका दैनिकका सिल्पा कर्ण, बेष्ट काटुनिष्ट अफ इयरबाट नागरिक दैनिकका रविन सायमी, बेष्ट इन्टरटेन्मेन्ट जर्नालिस्ट अफ द इयरबाट बाह्रखरीका नरेश फुँयाल, बेष्ट स्पोर्टस जर्नालिस्ट अफ द इयरबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, बेष्ट अनलाइन जर्नालिस्ट अफ द इयरबाट साझा पोष्टका बोमलाल गिरी र बेष्ट युटुव च्यानल अफ द इयरबाट मोहन बस्नेतलाई नगद राशीसहित अवार्ड प्रदान गरियो ।
भव्य रुपमा होटल याक एण्ड यतिमा आयोजित अवार्ड कार्यक्रममा विकास खतिवडालाई फोटोग्राफि सम्मान, भिम बहादुर मल्ल ठकुरीलाई विशेष सम्मान र कृष्ण कँडेललाई पब्लिक च्वाइस अवार्डबाट सम्मान गरिएको थियो ।