Birgunj News24

काठमाडाैं, १४ फागुन । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले महत्वपूर्ण जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ ।

दोस्रो हाफमा घरेलु टोली लेस्टर सिटीमाथि १–० को महत्वपूर्ण जित निकाल्दै आर्सनलले शिर्षता कायमै राखेको हो । ब्राजिली युवा विंगर गाब्रिएल मार्टिनेलीले गोल गरेर योगदान गरेका थिए । 

दोस्रो हाफको शुरु ४६औं मिनेटमा लियान्द्रो ट्रोससार्डको पासमा मार्टिनेलीले गोल गरेका हुन । 

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको २४ खेलबाट ५७ अंक सहित शिर्ष स्थानमा छ भने पराजित लेस्टर २४ अंक जोडेर १४औं स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update