Birgunj News24
काठमाडौ, १५ फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्य सोमबार घटेको छ।  सोमबार सुनको मूल्य  प्रतितोला २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार  छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य  प्रतितोला ४०० रुपैयाँ घटेको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, सोमबार  तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।  आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।  सोमबार  चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो। 
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update