Birgunj News24

इस्तानाबुल, १५ फागुन ।पूर्वी टर्कीमा पुन सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ ।

सो भुकम्पमा परी ६९ जना घाइते भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सिएनएनका अनुसार दुई हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४  हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । लगतार आएको भुकम्प र पराकम्पका कारण उद्धार र राहत वितरणमा समस्या भईरहेको टर्की सरकारले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update