Birgunj News24
ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु

न्युज कारखाना

ललितपुर,१९ फागुन

ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ । त्यस अनुसार महिला शशक्तीकरणको साथै ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार ललितपुरको सिद्धिपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ११२ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा सिद्धिपुर सामुदायिक सिकाई केन्द्र (सीएलसी) र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको  हो । 

अभियन्ता एवं उतरी तथा दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्न सफल पहिलो महिला पत्रकार सगरमाथा आरोही कल्पना महर्जनले पाँंच वर्षभित्र ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान अन्तर्गत कार्यक्रम सुरु भएको बताइन् । यो अघि स्कुलस्कुलमा कार्यक्रम गर्दै आएकोमा अवदेखि नगरपालिका, वडा, महिला समूह, सामुदायिक सिकाई केन्द्र (सिएलसी) आदिसँंगको सहकार्यमा प्रत्येक महिना जिल्लाका फरकफरक ठाउँंहरुमा अन्तरक्रिया कार्यक्रम गर्दै अगाडि वढ्ने योजना उनले सुनाइन् ।

‘तीनवर्षभित्रमा हामी  निशेषित बालविवाहमुक्त क्षेत्र घोषणा गर्दै पाँंचवर्षभित्रमा जिल्लालाई नै वालविवाहमुक्त जिल्लाको रुपमा अगाडि वढाउने अभियानमा छौं, कार्यक्रममा अभियन्ता महर्जनले सुनाइन् । यस अनुसार पहिलो कार्यक्रम सिद्धिपुरमा भएको उनले जनाइन् । 

कार्यक्रममा जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणामा आआफूले गर्न सकिने योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update