बिन्दबासिनीमा घरको स्ल्यापबाट खसेर एक किशोरको मृत्यु
वीरगञ्ज, ८ कार्तिक । पर्साको बिन्दबासिनी गाउँपालिकामा साेमबार घरको स्ल्यापबाट खसेर एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ इटियाही गाँउका १६ वर्षीय अरबिन्द कुमार दास रहेका छन् ।
सोमबार अपरान्ह सवा ३ बजे बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएका थिए । त्यसक्रममा निर्माणाधीन एक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमा टेकेका थिए । जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर उनी गम्भिर घाइते भएका थिए ।
प्रहरीले उद्धार गरी उपचारार्थ बाराको प्रसौनी स्थित एल.एस.न्युरो अस्पताल पुर्याएको थियो । अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९ १३:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय