Birgunj News24
छठ आजदेखि विधिवत रूपमा सुरु

वीरगञ्ज ११ कार्तिक ।  तराईको सबैभन्दा ठूलो पर्व छठ शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छ । चार दिनसम्म मनाउने छठको पहिलो दिन आज जीउ शुद्ध गर्न नुहाउने दिन हो– जसलाई ‘नहाय–खाए’ भनिन्छ ।

वीरगञ्जसहित तराई मधेसमा छठका व्रतालुहरू नुहाएर ‘अरबा अरबाइन’ खान्छन् । मरुवा, मसुराको दाललगायत प्याज लसुन शुक्रबारदेखि पर्व सम्पन्न नभएसम्म त्याग गर्नुपर्छ ।

छठका लागि घाटको सरसजावट अन्तिम चरणमा पुगेको छ । स्थानीयहरू पोखरी, नदी, कुवा लगायतका स्थानलाई झकिझकाउ बनाउँदैछन् ।

 

 

त्यस्तै छठको दोस्रो दिन शनिबार दिनभर उपवास बसी राति खिर बनाई देउतालाई चढाएर व्रतालुहरू खान्छन्, यस विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रूपमा समापन गरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update