२०७९/१२/१४ अखिलेश प्रसाद साह
वीरगञ्ज । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको तेश्रो दिन आज मंगलवार एका बिहान ब्रतालुहरुले उदाउदा सूर्य र छठी मातालाई अर्घ दिँदै छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन (मंगलबार) बिहान ब्रतालुहरुले छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ । यसअघि आइतबारदेखि निर्जला ब्रत लिएका ब्रतालुहरुले आइतबार नै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका हुन्छन | सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।
वर्षमा दुइ पटक (कात्तिक र चैत) गरि मनाइने छठ पूजा अन्तर्गत चैतमा मनाइने चैते छठ पछिल्लो समयमा मनाउनेहरुको संख्या बढ्दै गएको छ । र आज मांगलबार एका बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ |