साताको अन्तिम दिन सुनचाँदीको मूल्य बढ्यो
वीरगञ्ज । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार २ सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला तोकिएको छ ।
बिहीबार सुनको मूल्य एक लाख ८ हजार २ सय, तेजावी सुन एक लाख ७ हजार ७ सय र चाँदी १३ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय