वीरगञ्ज, २३ कार्तिक । वीरगञ्ज उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय स्तरमै सम्बन्ध विस्तार गरीरहेको छ । संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ता नेतृत्वमा व्यापारिक भ्रमणमा रहेको संघले सिंगापुर र भियतनामका उद्योगी एवम् व्यवसायीहरुसँग सम्बन्ध विस्तार गरीरहेको हो ।
यसअघि सिंगापुर उद्योग वाणिज्य संघसँग व्यवसायीक सहकार्य सम्बन्धी सम्झौता गरेको वीरगञ्ज उद्योग वाणिज्य संघले बुधवार भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका पदाधिकारीसँग छलफल तथा आपसी सहकार्य सम्बन्धमा अन्तरक्रिया गरेको छ ।
सोही अवसरमा द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबद्र्धन, आपसी सहयोग र सद्भावको लागि एक सम्झौता पत्र (एमओयु) मा दुवै संघका प्रमुखले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा वीरगञ्ज उवासङ्घको तर्पmबाट अध्यक्ष डा. गुप्ता र भियतनाम उवासङ्घका तर्पmबाट महानिर्देशक ट्रान न्गोक लिएमले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा दुवै संस्थाले व्यवसायिक गतिविधि, लगानी, प्रविधि हस्तान्तरण, सेवा तथा अन्य आपसी हित हुने व्यवसायिक क्षेत्रको प्रबद्र्धनका लागि सहजीकरण गर्ने उल्लेख छ । सम्झौता पत्रले दुवै देशको उद्योगी र व्यापारी वर्गलाई छलफलका लागि मान्यताप्राप्त मञ्च उपलब्ध गराउन सहयोग गर्ने संघका अध्यक्ष डा. गुप्ताले बताए ।
सम्झौता अनुसार दुवै राष्ट्रका व्यापारिक भ्रमण टोलीलाई सक्दो सहयोग गर्ने तथा व्यापारिक प्रदर्शनी, मेला, सेमिनारहरुमा दुवै राष्ट्रले सहभागिता जनाउने र आवश्यक्ताअनुसार दुवै संस्थाको संयुक्त बैठक गर्ने कुराहरु उल्लेख गरिएको छ ।
वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरु बीचको बैठकले दुवै देशको व्यापारिक सम्बन्धमा अझ नयाँ आयाम थपिएको अध्यक्ष डा. गुप्ताको भनाई छ । नेपालको भियतनामसँग व्यापार वृद्धि र नेपाल र भियतनामका उद्यमीहरुको संयुक्त लगानीमा वीरगञ्जमा नयाँ लगानी भित्रयाउन यस भेटघाटले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास डा. गुप्ताले व्यक्त गरे ।
नेपालको आर्थिक राजधानीका रुपमा परिचित वीरगञ्ज र भियतनामको आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको होचिमिन्ह सिटीका चेम्बरबीच भएको स्मृतिपत्रमा हस्ताक्षर र द्विपक्षीय सम्बन्धले वीरगञ्जलाई अन्तर्राष्ट्रिय बजारमा अझै सघन रुपमा प्रवेश गराउन मद्दत मिलेको र यस क्षेत्रमा भियतनामी लगानी आउने बाटो सरल बनाएको प्रसङ्गले आपूmहरु उत्साहित भएको डा. गुप्ताले प्रतिक्रिया दिए ।
वीउवासङ्घका अध्यक्ष डा. गुप्ताले भियतनाम चेम्बरका पदाधिकारीहरुलाई नेपाल भ्रमणको लागि निमन्त्रणासमेत दिएका छन् । भियतनाम चेम्बरबाट नेपालमा लगानी गर्ने प्रतिबद्धता जाहेर गरिए बमोजिम भियतनाम चेम्बरका भ्रमणसँगै नेपालमा लगानी पनि भित्रिने विश्वास डा. गुप्ताको छ ।
उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, का.स.स. सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायत रहेका छन् ।
वीउवासङ्घका व्यापारिक प्रतिनिधिमण्डल गत एक सातादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय व्यापार विस्तारका क्रममा वैदेशिक भ्रमणमा छ ।